अमेरिकामा प्रवासी एकता मञ्चको सम्मेलन, व्यस्तताका कारण माधव नेपाल नजाने

अमेरिकामा प्रवासी एकता मञ्चको सम्मेलन, व्यस्तताका कारण माधव नेपाल नजाने

नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘सामाजिक अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ सम्मेलन असोज १ र २ गते न्यूयोर्कमा गर्न लागिएको बताइएको छ ।

राष्ट्रिय सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रमुख अतिथिको रुपमा अमेरिका बोलाइएको छ । तर मङ्सिर ४ को चुनावी तयारीलगायतको व्यस्तताले नेपाल उता जाने सम्भावना नरहेको आयोजकले जानकारी दिएको छ । ‘उहाँले जुम मार्फत सम्मेलनको उद्घाटन गर्नुहुनेछ,’ मञ्चका अध्यक्ष टेक गुरुङले बताए ।सम्मेलनमा अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी सशक्त बनाउने भन्नेमा हामी जोड दिइने जानकारी पनि गराइएको छ । सोही कारण हाइस्कूलमा अध्ययनरत विद्यार्थीलाई पनि प्रोत्साहन गर्न वक्ताको रुपमा राखिएको उनले बताए । ‘हामी पहिलो पुस्ता र नयाँ पुस्ताबीचको सोचमा नै फरक छ । त्यसलाई सम्बोधन गर्न हामी उद्घाटन कार्यक्रम हाइटेक र छरितो बनाउने योजनामा छौं,’ अध्यक्ष गुरुङको भनाइ छ ।

सम्मेलन आयोजनाका लागि एक सय एक सदस्यीय आयोजक समिति तथा विभिन्न दश वटा विभाग गठन गरिएको छ । २५ राज्यबाट एक सयभन्दा बढी प्रतिनिधिले सम्मेलनमा भाग लिने र नयाँ नेतृत्व चयन गरिने महासचिव शंकर पन्तले जानकारी दिए ।

टिप्पणीहरू