भूकम्पमा उद्धारका लागि हरसम्भव प्रयास (फोटो फिचर/भिडियो सहित)

भूकम्पमा उद्धारका लागि हरसम्भव प्रयास (फोटो फिचर/भिडियो सहित)

चीनको दक्षिण पश्चिमी सिचुवान प्रान्तको लुदिङ काउन्टीमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी ४६ जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका साँढे आठ बजेसम्म १६ जना बेपत्ता र ५० भन्दा बढी घाइते भएको सिचुआन प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका उपनिर्देशक वाङ फेङले बताएका छन् ।

मृत्यु हुनेमा २९ जना लुदिङ काउन्टीको प्रशासनअन्तर्गत गान्जी तिब्बती स्वायत्त प्रिफेक्चरका थिए भने अन्य १७ जना यान शहरका थिए । गान्जी र यानका ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

लुदिङ काउन्टीमा सोमबार (बेइजिङ समय) दिउँसो १२ बजेर ५२ मीनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको थियो भने सिचुआन सरकारले भूकम्पको लागि उच्च स्तरको आपतकालीन उद्धार प्रक्रिया सक्रिय छ ।

सोमबार साँझ ६ बजेसम्ममा ६ हजार ५ सय भन्दा बढी उद्धारकर्ता,चार वटा हेलिकप्टर र दुई मानवरहित हवाई सवारीलाई फ्रन्टलाइनमा तैनाथ गरिएको जनाइएको छ।

“त्यहाँ धेरै पराकम्पनहरू गैरहेका थिए, र केही सडक अवरुद्ध थिए। हामीले मोक्सीको टाउन स्क्वायरमा पुग्न भग्नावशेष माथिबाट चढ्नुपरेको थियो,” प्रान्तीय वन दमकलका एक उद्धारकर्ताले भने । शहरको बिजुली र सन्चार काटिएको थियो, र आपतकालीन बिजुली उत्पादन उपकरणहरूले स्क्वायरमा आश्रय लिने बासिन्दाहरूलाई बिजुली आपूर्ति गरिरहेको थियो ।

स्थानीय अधिकारी लिउ फाङले भूकम्पपछि आफू र अन्य सहकर्मीहरूले तत्काल त्यहाँका बासिन्दाहरूलाई करिब सय मीटर टाढाको स्क्वायरमा सारिएको बताइन् ।

घटनास्थलमा रहेका चिकित्सकका अनुसार भूकम्पपछि मोक्सी र छिमेकी गाउँ तथा बस्तीका स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले तुरुन्तै आवश्यक सेवा दिएका थिए भने बेलुका ८ बजेसम्म, ५० भन्दा धेरै घाइतेहरूले स्क्वायरको मेडिकल साइटमा उपचार गराएका थिए ।

स्थानीय विशेष प्रहरी उद्धार टोलीले भत्किएको घरमुनि ४० वर्षका एकजना मानिस फसेको भनी फोन आउनासाथ तुरुन्तै उद्धारमा लागेको जनाएको छ तर,बाटो साँघुरो भएकाले एक्साभेटर र अन्य उद्धार मेसिन घटनास्थलमा पुर्याउन नसक्दा खाली हातले भग्नावशेष खनेर ती व्यक्तिलाई सफलतापूर्वक उद्धार गरी अहिले अस्पताल भर्ना गरिएको जनाइएको छ ।

हालसम्म प्रहरीको विशेष उद्धार टोलीले फसेका ३० भन्दा बढीको उद्धार गरिसकेको छ । केही तस्विर र भिडियो:

 

 

श्रोत: सिन्ह्वा

टिप्पणीहरू