पेट्रोलियम पदार्थको भाउ नघट्ने संकेत

पेट्रोलियम पदार्थको भाउ नघट्ने संकेत

रुस–युक्रेन युद्धका कारण गत फेबु्रअरीदेखि पेट्रोलियम पदार्थको मूल्य बढेको बताइएको समयमा पछिल्लो एक महिनादेखि विश्वमा तेलको भाउ घटेको छ । तर, अब फेरि उक्त भाउ घट्न नदिन तेल निर्यात गर्ने मुलुकहरुले नयाँ जुक्ति र निर्णय गरेका छन् ।

पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संगठन ओपेक र त्यसका सहयोगी राष्ट्रहरू अर्थात ओपेक समूहले विश्व आर्थिक मन्दीको डर देखाउँदै तेलको मूल्य घट्न नदिने बताएका छन् । उनीहरुले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन आगामी अक्टोबरदेखि उत्पादन कटौती गर्ने घोषणा गरेका छन् ।

उनीहरुले सेप्टेम्बर महिनाको तुलनामा अक्टोबरमा प्रति दिन एक लाख ब्यारेल कच्चा तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन् । ओपेक र गैर–ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमा सोबारे बताइएको छ ।

टिप्पणीहरू