काँग्रेस प्रवक्ताले गच्छदारको बचाउमा माधव नेपालको नाम मुछेपछि

काँग्रेस प्रवक्ताले गच्छदारको बचाउमा माधव नेपालको नाम मुछेपछि

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निलम्बित सांसद तथा काँग्रेस नेता विजयकुमार गच्छदारको बचाउमा बोलेका छन् । उनले गच्छदारको बचाउमा बोल्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आलोचना गरेका हुन् ।

हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा गच्छदारको कुनै गल्ती नभएको उल्लेख गरेका थिए । तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णयमा त्यो बेलाका प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनको पालना मात्र गरेकाले विजयकुमार गच्छदार निर्दोष रहेको उनको भनाइ छ ।

उनले भने, ‘त्यतिबेला गच्छदार विभागीय मन्त्री हुनुहुन्थ्यो भने प्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्थ्यो । तर विभागीय मन्त्रीले नियमानुसार अघि बढाएको विषयमा क्याबिनेटले निर्णय गरेको हो । क्याबिनेटको सर्वेसर्वा प्रधानमन्त्री हुने व्यवस्था छ । त्यसैले गच्छदार निर्दोष हुनुहुन्छ ।’

टिप्पणीहरू