चीनमा ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प

चीनमा ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको लुडिङ काउन्टीमा ठूलो भूकम्प गएको छ । आज दिउँसो गएको ६ दशमलब ८ म्याग्नीच्युडको भूकम्पमा सात जनाको मृत्यु भएको बताइएको छ ।

सडक, दूरसञ्चार र घरमा भएको क्षतिको जाँच भइरहेको गान्जी तिब्बती स्वायत्त प्रान्तको जनसरकारको सूचना कार्यालयले जनाएको छ ।

छ सयभन्दा बढी उद्धारकर्मीहरू खटाइएको र तीन सयभन्दा बढी उद्धारकर्मीहरू भूकम्पको केन्द्रबिन्दु क्षेत्रमा आइपुगेको जनाइएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट २२६ किलोमिटर टाढाको सिचुआन प्रान्तको राजधानी छन्तुमासमेत महशुस गरिएको थियो । केन्द्रबिन्दु क्षेत्रको पाँच किलोमिटर वरिपरि धेरै गाउँ रहेको पनि समाचारमा जनाइएको छ ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू