प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी एमालेका पठानसिंह बोहरा

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी एमालेका पठानसिंह बोहरा

नेकपा एमालेले डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिस्पर्धीको रूपमा पठान सिंह बोहरालाई उम्मेदवारी सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री बोहरा एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

२०७४ को निर्वाचनमा बोहरा डडेलधुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली काँग्रेसले प्रधानमन्त्री देउवालाई डडेलधुराबाट यसअघि नै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवारी सिफारिस गरेको छ ।

एमाले केन्द्रीय सदस्य तथा डडेलधुरा इञ्चार्जसमेत रहेका बोहरा यसपटक प्रधानमन्त्री देउवासँग प्रतिस्पर्धामा उत्रने भएका छन् ।

टिप्पणीहरू