समाजवादी रोज्दै रणबहादुर बागमती करिडोर पुगे

समाजवादी रोज्दै रणबहादुर बागमती करिडोर पुगे

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आज राजधानीको आलोकनगर, बाग्मती करिडोरस्थित समाजवादीको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनीसहितको टोली समाजवादीमा समाहित भएको बताइएको छ ।

नेता रम्तेलको नेतृत्वमा जसपा परित्याग गरि दर्जनौँ नेता–कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित समाजवादीका शीर्ष नेताहरुले खादा, माला र अबिर दलेर स्वागत गरेका थिए ।

कार्यक्रममा उपमहासचिव प्रकाश ज्वाला, केन्द्रीय सदस्यहरु गणेश विक, शेरबहादुर केसीलगायत नेताहरु सहभागी थिए ।

टिप्पणीहरू