गुल्मीमा ज्ञवाली सर्वसम्मत, रामकुमारीसँग भिड्नेको टुंगो लागेन

गुल्मीमा ज्ञवाली सर्वसम्मत, रामकुमारीसँग भिड्नेको टुंगो लागेन

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्ट गुल्मी- १ र दुईबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । हिजो सम्पन्न निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीको एकल नाम सिफारिस गर्दा बिष्ट भने सर्वसम्मत भएनन् ।

अध्यक्ष केपी ओलीको कोर टिमका भरपर्दा नेता ज्ञवाली सर्वसम्मत हुँदा पूर्वमाधव समूहका नेता बिष्ट भने एकल उम्मेदवार छनोट हुन सकेनन् । क्षेत्र नम्बर -२ मा बिष्टसहित तीन जनाको नाम सिफारिस गरिएको छ । प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल र शेषकान्त गौतमले टिकटको आकांक्षा राखेपछि बोष्टको नाम सर्वसम्मत हुन नसकेको हो ।

२०७४ को निर्वाचनमा माओवादी समर्थनमा क्षेत्र नम्बर १ मा ज्ञवाली र २ बाट बिष्टले जितेका थिए । तर,यसपटक एमालेविरुद्ध पाँचदलीय गठबन्धन प्रतिष्पर्धामा छ । क्षेत्र नं १ मा गठबन्धनबाट कांग्रेसका चन्द्र भण्डारीको सम्भावना छ भने २ मा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको दाबी रहेको छ ।

झाँक्री र बिष्ट कुनैबेला एमालेमा एउटै बिचार समूहमा रहेर अध्यक्ष ओलीविरुद्ध अन्तरसंघर्ष गरेका नेता हुन् । त्यसैले गुल्मी-२ को निर्वाचनलाई लिएर चासो बढेको छ ।

टिप्पणीहरू