कुन कुन ठेकेदार कम्पनी कालोसूचीमा पर्दै ?

कुन कुन ठेकेदार कम्पनी कालोसूचीमा पर्दै ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न लागेको छ । कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई आज स्पष्टीकरण सोधेको छ ।

अनुकूल निर्माण सेवा,खिम निर्माण सेवा,चर्वता निर्माण कम्पनी, प्यासिफिक कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी, लामा–च्याङ्मिला–सुन्दरी जेभी, हाइग्रिभा–सिध्दि साई प्रकाश जेभी, साईबाबा एण्ड तारा कन्स्ट्रक्सन सेवालाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै,सिर्मादेवी कन्स्ट्रक्सन,ड्रागन कन्स्ट्रक्सन प्रालि,सूर्या रोशनी इन्डस्ट्रियल प्रालि,प्रभु निर्माण सेवा, भास्कर कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जगदम्बा निर्माण सेवा, बीपी जेभी, सानोभेरो निर्माण सेवालाई पनि कालोसूचीमा राख्ने तयारी गरिएको छ ।

अग्रिम–पीपी जेभी, हर्कादेवी बिल्डर्स प्रालि,जय निर्माण सेवा, रोज कन्ट्रक्सनको नाम पनि सिफारिस भएको कार्यालयले जनाएको छ । यसअघि ३० दिने सूचना जारी गरे पनि लिखित स्पष्टिकरण दिन अटेरी गरेपछि पुनः सात दिनको म्याद थपिएको हो ।

आफूलाई कालोसूचीमा राख्न नपर्ने कुनै प्रमाण र आधार भए कार्यालयको वेभसाइटमा रहेको इमेलमा त्यस्ता प्रमाण र आधारसहितको जवाफ पठाउन भनिएको छ ।

टिप्पणीहरू