मोटरसाइकल दुर्घटना : चालक बिते, यात्रु सिकिस्त

मोटरसाइकल दुर्घटना : चालक बिते, यात्रु सिकिस्त

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका–२३ कोईरिया टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा ३२ वर्षीया हजरा खातुनको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार खातुन गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा निधन भएको हो ।

प्रहरीका अनुसार घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.२४ प १३९४ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू