डेंगुको प्रकोप उकालो लाग्दै, उपत्यका सर्वाधिक जोखिममा

डेंगुको प्रकोप उकालो लाग्दै, उपत्यका सर्वाधिक जोखिममा

काठमाडौं उपत्यकामा पछिल्लो समय डेंगुका संक्रमित बढ्दै गएका छन् । डेंगुका संक्रमितका कारण अस्पतालहरु भरिभराउ भएको बताइन्छ ।

उपत्यकामा मात्रै नभई मुलुकका तराई र भित्री मधेशका अधिकांश जिल्लामा डेंगुको प्रकोप देखिएको छ । डेंगु संक्रमण उकालो लाग्न थालेसँगै सर्वसाधारणमा त्रास बढेको छ ।

ललितपुर र काठमाडौंमा सबैभन्दा धेरै डेंगु संक्रमित भेटिएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर अहिलेसम्म पाँच हजार २९ जना डेंगु संक्रमित भेटिएको जानकारी दिएको छ ।

यसमध्ये प्रदेश १ मा २२१, मधेशमा ७९, बागमतीमा तीन हजार ७२७, गण्डकीमा १०१, लुम्बिनीमा ७७०, कर्णालीमा ३६ र सुदुरपश्चिममा ९५ जनामा डेंगु पुष्टि भएको छ ।

ललितपुरमा एक हजार ८३२ र काठमाडौंमा ८८८ जनामा डेंगु संक्रमण देखिएकोे छ । डेंगु महामारीको रुपमा फैलिएपछि घर आँगनको सरसफाइबाटै नियन्त्रणमा लाग्न महाशाखाले आमनागरिकलाई आग्रह गरेको छ ।

अझै दुई महिना डेंगुको संक्रमण फैलिने जोखिम रहेको उल्लेख गर्दै महाशाखाले लामखुट्टेको टोकाइबाट जोगिन सुझाएको छ ।

त्यस्तै, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा शरीर ढाकिने गरी लुगा लगाउन, बाल्टिन, बाटा, ड्रमलगायत भाँडामा लामो समयसम्म पानी जम्मा गरेर नराख्न भनिएको छ ।

टिप्पणीहरू