एकैदिन ३४ सयबढी चालक कारबाहीमा

एकैदिन ३४ सयबढी चालक कारबाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने ३४ सय १९ जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने उनीहरु काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २९० जना, हर्नको अनावश्यक प्रयोग गर्ने २३० जना, मदिरा पिएर सवारी साधन चलाउने १५८ जना र तीव्र गतिमा सवारी साधन चलाउने ११९ जना छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने १२५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०६ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १०६ जना, लेन उल्लंघन गर्ने ९२ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

रातो बत्तीको उल्लंघन गर्ने ८६ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २४ जना चालक समेत कारबाहीमा परेका छन् ।

टिप्पणीहरू