प्रधानमन्त्री पत्नीलाई रिझाउन जापानमा एक हप्तापछि तीज

प्रधानमन्त्री पत्नीलाई रिझाउन जापानमा एक हप्तापछि तीज

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र उनकी श्रीमतीले प्रधानमन्त्री पत्नी डा. आरजु राणाको दिल खुस पार्न एक सातापछि तीज कार्यक्रम आयोजना गरेका छन् । अघिल्लो साता सकिएको तीज कार्यक्रम हिजो आयोजना गरेर जापानमा डा.राणालाई प्रमुख अतिथि बनाइएको थियो ।

प्रधानमन्त्री पत्नी स्वयमले आफ्नो प्रमुख आतिथ्यमा सुवेदी दम्पत्तिले तीज कार्यक्रम आयोजना गरेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । अस्ति राति काठमाडौंबाट नेपाल वायुसेवा निगमको उडानमा नारिता जानुभएकी राणालाई खुशी पार्न बैमौसमी कार्यक्रम आयोजना गरिएको दूतावास स्रोतले बताएको छ ।‘यसअघि बेलायतमा राजदूत छँदा पनि आरजु म्यामको चाकडीमा कुनै कसर बाँकी नराख्नुभएका राजदूतले यहाँ पनि आएको एक महिना नपुग्दै विरासत धान्न शुरु गर्नुभएको छ,’ टोकियोस्थित दूतावास स्रोतले भन्यो । नियम मिचेर आरजुको पहलमा राजदूत पुनर्नियुक्त सुवेदीले त्यो हदसम्मको चाकडी गर्नुलाई परराष्ट्र मन्त्रालय स्रोतले पनि नौलो मानेको छैन ।यसअघि सुवेदी दम्पत्तिले राजदूत नियुक्त भएको खुशीयालीमा गत साउन पहिलो साता काठमाडौंको थापा गाउँमा आफैँले आफैँलाई स्वागत कार्यक्रमको आयोजना गरेको थियो । त्यसअघि असारमा दरबारमार्गमा फिल्म हेर्ने र मदिरापान कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा उनले शिष्टाचार महापालको पद,सरकारी छाप,सम्पर्क नम्बर दुरुपयोग गरेका थिए ।

 

टिप्पणीहरू