झापामा अवैध चिनी बरामद

झापामा अवैध चिनी बरामद

झापामा अवैध चिनी बरामद गरिएको छ । बाह्रदशी गाउँपालिका–३, राजगढमा अवैध रुपमा चोरी गरेर भारतबाट नेपाल ल्याइएको ४० बोरा (२० क्विण्टल) चिनी बरामद गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार बरामद चिनीको बजार मूल्य एक लाख ३० हजार रुपैयाँ बराबरको छ । बरामद चिनीलाई आवश्यक अनुसन्धानको निम्ति भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

टिप्पणीहरू