धनुषा एमालेबाट उपेन्द्र महतोका बहिनी र ज्वाईं दुबै सिफारिस

धनुषा एमालेबाट उपेन्द्र महतोका बहिनी र ज्वाईं दुबै सिफारिस

नेकपा एमालेले धनुषाको दुई वटा क्षेत्रबाट रघुवीर महासेठ दम्पतीलाई आगामी निर्वाचनको निम्ति सिफारिस गरेको छ । क्षेत्र नम्बर–४ बाट एमाले सचिव महासेठ र क्षेत्र नम्बर–३ बाट उनकी पत्नी जुलीकुमारी महतोको नाम सिफारिस भएको हो ।

क्षेत्रीय कमिटीको हिजो बसेको बैठकले महासेठ दम्पतीको नाम सर्वसम्मत सिफारिसको निर्णय गरेको धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । उनका अनुसार सो क्षेत्रमा उनीहरू बाहेक कसैले उम्मेदवारको चाहना नराखेपछि दम्पतीको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्बर ३ र ४ मा प्रत्यक्षतर्फ महासेठ दम्पतीको नाम सिफारिस भए पनि समानुपातिकतर्फ कसैको पनि नाम नआएको यादवले बताए । पार्टीले पर्सिसम्म सिफारिसको समय दिएकाले थप छलफल पछि टुङ्गोमा पुग्ने उनको भनाइ छ ।

टिप्पणीहरू