माओवादी अध्यक्ष प्रचण्ड १४ सदस्यीय टोली बोकेर जनकपुर

माओवादी अध्यक्ष प्रचण्ड १४ सदस्यीय टोली बोकेर जनकपुर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जम्बो टोली लिएर जनकपुर जानुभएको छ । उहाँ बिहान सवा ८ बजेको समयमा काठमाडौंबाट त्यसतर्फ जानुभएको बताइएको छ ।

१४ सदस्यीय टोली बोकेर अध्यक्ष प्रचण्ड बिहान बुध्द एअरको उडानमा जनकपुर जानुभएको हो । टोलीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल,शिक्षा राज्यमन्त्री बोधमाया यादवसहित १४ जना रहेको खुमलटार स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू