चौबिस घण्टामा फेरि निर्णय चट्

चौबिस घण्टामा फेरि निर्णय चट्

मुलुक मुठ्ठीभर व्यापारीहरुको स्वार्थअनुसार कसरी चलिरहेको छ बुझ्न आजकै एउटा घटना काफी छ ।

२४ घण्टा नबित्दै बीमा समितिले आफ्नै निर्णय आफैंले उल्टायो ।

महिना दिनअघि कोरोना बीमा योजना अघि सारेको उसले कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कम्पनीहरुको दवावमा निर्णय फेरेकाे हाे ।

व्यापारीहरुको दबाबमा बीमा समितिका हाकिम चिरञ्जिवी चापागाईले बिहिबारमात्र कोरोना बीमा स्थगन भएको सूचना निकाले ।

तर त्यो मसि सुक्न नपाउँदै शुक्रवार फेरि अर्काे सूचना निस्कियो कोरोना बीमा सुचारु भयो भनेर ।

बिहिबार स्थगनको निर्णयपछि शुक्रवार बिहानैदेखि बीमा समिति र अर्थमन्त्रालयका अधिकारीहरु बीच वार्ता र छलफल चलेसङ्गै बीमाको जोखिम दायित्व सरकार,बीमा समिति,नेपाल पुर्नबीमा कम्पनी र बीमा कम्पनीहरुले समन्वयन गरी लिने सम्झौतामा पुनः सुचारु भएको हो ।

नयाँ सम्झौताअनुरुप अब बीमा कम्पनीहरुले धेरै भार बोक्नुपर्ने छैन् ।

आज भएको सम्झौताअनुसार,पहिलो १० हजार बिमितको दाबी भुक्तानी बीमा कम्पनीहरु आफैले गर्नेछन् । सोभन्दा बढी ५ हजार बिमितलाई दाबी भुक्तानी गर्नुपरेमा बीमा कम्पनीहरुमा रहेको महाविपत्ति कोष प्रयोग गरिनेछ । यस्तै, ३५ हजारभन्दा बढिको दावी भुक्तानीको जोखिम नेपाल सरकारले वहन गर्ने सहमति जुटेपछि कोरोना बीमा सुचारु भएको बीमा समितिका उच्च अधिकारीले जनआस्थालाई सुनाए ।

कोरोना बीमाको समयावधि चैतसम्म हुने गरी सुचारु हुन लागेको हो ।

टिप्पणीहरू