प्रहरीले अरुको गल्ती देख्ने,आफ्नै पाखुरा नदेख्ने

प्रहरीले अरुको गल्ती देख्ने,आफ्नै पाखुरा नदेख्ने

नेपाल प्रहरीले हालै सांगठनिक संरचना परिवर्तन गरेको छ । जसअनुसार राजधानी काठमाडौंमा रहेको महानगरीय प्रहरीलाई उपत्यका प्रहरी कार्यालय बनाइएको छ । झण्डै दुई महिनाअघि भएको उक्त परिवर्तन प्रहरीको कार्यालय साइनबोर्डमा भए पनि स्वयम् प्रहरी जनशक्तिको पाखुरामा भने पुरानै नाम देखिन्छ ।

महानगरीय प्रहरीको व्यवस्था परिवर्तन भएर उपत्यका प्रहरी बनाइए पनि कार्यरत प्रहरी जनशक्तिको बायाँतर्फको पाखुरामा लगाइने आर्म ब्याच पुरानै झुण्डाइएको हो । ‘काठमाडौंमा खटिने प्रहरीले आर्म ब्याचमा महानगरीय प्रहरी नै झुण्डाएका छन्,’ स्रोतले भन्यो ।

काठमाडौं उपत्यकामा २० देखि २२ हजार प्रहरी जनशक्ति कार्यरत छन् । तर,नयाँ संरचनाको नाम तोकिँदा पनि प्रहरीले आफ्नो पाखुरामा झुण्डाउने आर्म ब्याच परिवर्तन गर्न पाएका छैनन् । ‘हाकिम साहेबहरुले केही भन्नुभएको छैन, हामीसँग अर्को विकल्प पनि छैन,’ एक जना जवानले बताए ।

टिप्पणीहरू