टाटा कम्पनीका पूर्व अध्यक्षको सडक दुर्घटनमा निधन

टाटा कम्पनीका पूर्व अध्यक्षको सडक दुर्घटनमा निधन

विश्वविख्यात भारतीय कम्पनी टाटा ग्रुपका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ । ५४ वर्षे मिस्त्रीको आज मुम्बइ नजिक भएको सडक दुर्घटनामा ज्यान गएको हो ।

मर्सिडिज कारमा गुजरातको अहमदाबादबाट मुम्बइतर्फ जाँदै गरेका उनको सवारी आज दिउँसो सवा ३ बजे दुर्घटनामा परेको थियो । चार जना सवार सवारी साधन सडक छेउको डिभाइडरमा ठोक्किँदा दुई जनाको घटनास्थलमा ज्यान गएको हो । घाइते दुई जनालाई अस्पताल लगिएको छ ।

कारमा मिस्त्री, उनकी श्रीमती र दुई जना छोराछोरी थिए । कार चालक पनि घाइते भएको बताइएको छ । मिस्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिस्त्रीको निधनबाट भारतसँगै विश्वकै उद्योग तथा वाणिज्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान थालेको बताएको छ । मिस्त्री रतन टाटाले अध्यक्षको जिम्मेवारी छाडेपछि सन् २०१२ मा उक्त समूहको अध्यक्ष बनेका थिए ।

टिप्पणीहरू