यस्तो परीक्षणले के हुन्छ ?

यस्तो परीक्षणले के हुन्छ ?

जनस्वास्थ्यविद्हरुको आपत्तिकै बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेश्रो चरणमा आरडिटी कीट (र्यापिड डाइग्नोस्टिक टेष्ट) खरिद प्रक्रिया अघि बढाएको छ।

तेश्रो चरणमा डेढ लाख थान कीट खरिद प्रक्रिया अघि बढाइरहेकै बेला बिहिबार स्वास्थ्य सेवा विभागका हाकिम महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल मन्त्रालयमा तानिएका छन् ।

स्वास्थ्य मन्त्रालय सोतका अनुसार,बिहिबारमात्र तानिएका श्रेष्ठलाई छाउनीस्थित सिएमसीको कार्यालयमा काजमा खटाइएको छ । त्यहाँ प्रधानमन्त्री कार्यालयका सचिव संयोजक छन्।

कोभिड—१९ क्राइसिस म्यानेजमेण्ट सेन्टर (सिसीएमसी) मा सेनाका दुई तारे जर्नेल,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२ औं तहका प्रमुख विशेषज्ञ र अर्थ मन्त्रालयका सह—सचिव सहितको समिति रहेको छ । सोही समितिमा काजमा महेन्द्रलाई खटाइएको हो।

नक्कली कीट खरिदका मुख्य व्यक्ति उनै महेन्द्र हुन् । शुरुमा बजारमूल्य भन्दा ४८ गुणा बढी राखेर ओम्नी ग्रुपसँग झन्डै ७ करोड मूल्यको ७५ हजार त्यस्ता किट ल्याइएको थियो ।

सो कीटबाट परीक्षण गर्दा पोजेटिभ देखिएका अधिकांशको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको थियो ।

तर जनस्वास्थ्यविद्हरुले उक्त किटले आइजिजी र आइजिएम नछुट्याउने भएको हुँदा कीट नक्कली भएको भन्दै पटक पटक प्रश्न उठाएका थिए ।

सरकारले ओम्नीसँगको सम्झौता रद्ध गरेर जिटुजी मोडलमा खरिद प्रक्रिया अघि बढाएकै समयमा स्वास्थ्य सेवा विभागका हाकिम महेन्द्र र उनै भोगेन्द्रहरुको जोडबलमा पुन ३२ करोडको टेण्डर आह्वान गरी तीन कम्पनीलाई टेण्डर दिएर दोश्रो चरणमा साता दिनअघि एक लाख २५ हजार थान यस्तो कीट स्वदेश ल्याउन सफल भएका थिए । सो कीटमध्ये ८० हजार थान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रदेश प्रदेशमा पठाइएको थियो ।

यही कीटको बिश्वसनीयतामाथि प्रश्न उठाउँदैं कैयौं मुलुकले आरडिटी परीक्षण स्थगन गरिसकेको अबस्थामा कमिसनको चक्करमा परेर स्वास्थ्य सेवा विभागले फेरि जनस्वास्थ्यविद् र विज्ञहरुको सल्लाहको व्यवस्था गर्दै तेश्रो चरणमा अरु डेढ लाख थान अरडिटी कीट खरिद गर्ने प्रक्रिया अघि बढाउँदैछ ।

मन्त्रालयले आरडिटी कीट मात्र ३ लाखको संख्यामा खरिद गर्ने योजना बनाएको छ ।

जबकि कोराना भाइरसको परीक्षणका लागि प्रभावकारी मानिएको पिसिआर किट ल्याउनमा मन्त्रालयका अधिकारीहरुको उति चासो दिइरहेका छैनन् ।

टिप्पणीहरू