घनश्यामलाई सर्वसम्मत दिइएन,चार जना सिफारिस

घनश्यामलाई सर्वसम्मत दिइएन,चार जना सिफारिस

नेकपा एमालेभित्र प्रतिपक्षी नेताका रुपमा चिनिएका घनश्याम भुसाल आसन्न संघीय निर्वाचनमा रुपन्देही-३ बाट उम्मेदवार सिफारिस भएका छन् । शंकर पोख्रेलसहित अध्यक्ष केपी ओलीनिकट अधिकांश उपल्लो तहका नेताको नाम एकल सिफारिस भैरहेका बेला रुपन्देही-३ मा भने भुसालसहित चार जनाको नाम संकलन गरिएको छ ।

पार्टी क्षेत्रीय कमिटी बैठकले भुसालसहित तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरे,दुर्गा भुसाल र सर्वजित शाहलाई उम्मेदवार सिफारिस गरेको हो ।

यस क्षेत्रमा ०७४ सालको निर्वाचनमा भुसालले काँग्रेस-राप्रपाका साझा उम्मेदवार दिपक बोहरालाई पराजित गरेका थिए । रुपन्देही-३ गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणको पनि क्षेत्र हो । ०७४ सालको चुनावमा भन्दा बैशाख ३० को स्थानीय निर्वाचनमा परिणाम सुधारेको काँग्रेस गठबन्धनको पनि साथ रहने भएकाले गृहमन्त्रीलाई नै भिडाउने गरी तयारीमा जुटिसकेको छ ।

स्थानीय चुनावमा सो क्षेत्रमा काँग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ०४८, राप्रपाले १३ हजार ३९७, जसपाले ६ हजार १८३, माओवादी केन्द्रले २ हजार ८८१, लोसपाले २ हजार १७४ र एकीकृत समाजवादीले ९७७ मत प्राप्त गरेका थिए ।

टिप्पणीहरू