आज कोरोना संक्रमितभन्दा निको हुने धेरै

आज कोरोना संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोरोनाका संक्रमित थपिएका छन् । ३४ सय ५० जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५६ जनाको पिसीआर परीक्षणमा ११६ र १६ सय ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जना संक्रमित थपिएका हुन् । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या २५ सय २८ पुगेको छ ।

यहि अवधिमा २३० जना कोरोना संक्रमित निको भएका छन् भने आज कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

टिप्पणीहरू