नर्भिकमा तीन दिन निःशुल्क केमिकल पिल

नर्भिकमा तीन दिन निःशुल्क केमिकल पिल

नर्भिक इन्टरनेशनल अस्पतालले अनुहारको छालामा देखिने विभिन्न समस्याका पीडितहरुलाई लक्षित गरी निःशुल्क केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले निःशुल्क केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।

यो अभियान आगामी तीन वटा बुधबारका दिन सञ्चालन हुने त्यहाँको डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनकाअनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तीलकोठी, पोतो र फुटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन् ।

अभियानअन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ । तर, औषधि भने निःशुल्क वितरणा गरिने छैन ।

नर्भिकले केही समयअघि कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मेसिन (लेजर मेसिन) भित्र्याएको थियो । यो एउटै मेशिनको मद्धतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ ।

टिप्पणीहरू