एमालेका दुई पूर्वमन्त्री उम्मेदवार पक्का

एमालेका दुई पूर्वमन्त्री उम्मेदवार पक्का

नेकपा एमालेका दुई नेता आसन्न प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । पूर्वमन्त्री तथा उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ र पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटा काभ्रेपलाञ्चोक–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिसमा परेका हुन् ।

आज बसेको एमाले क्षेत्रीय कमिटीको छुट्टाछुट्टै बैठकले उनीहरुलाई ती निर्वाचन क्षेत्रबाट उम्मेदवार छनोट गरेको हो ।

बाँस्कोटा २०७४ मा काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित भएका थिए भने उपाध्यक्ष पौडेल पनि रुपन्देही–२ का सांसद हुन् । क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेकाले दुवै नेताको उम्मेदवारी निश्चित भएको छ ।

टिप्पणीहरू