यस्ता छन् प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची

यस्ता छन् प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्ने संसद् सचिवालयले बताएको छ ।

सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा सभामुखले नै प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने संसद सचिव गोपालनाथ योगीले जानकारी दिए ।

टिप्पणीहरू