भूकम्पबारे संसदमा बहस चलिरहेका बेला भूइँचालो गएपछि सांसदहरुको भागाभाग

भूकम्पबारे संसदमा बहस चलिरहेका बेला भूइँचालो गएपछि सांसदहरुको भागाभाग

कहिलेकाहीं जीवन कल्पनाभन्दा फरक हुन्छ । जुन विषयको बारेमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो । संसदमा भूकम्प बीमामा बहस भइरहेको थियो, त्यहीबेला भूकम्प गयो ।

देशको संसद ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियो अनुसार भूकम्प बीमाबारे बहस भइरहका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको थियो । प्रोग्रेसिभ सिटिजन्स पार्टी (एफबीपी) की सांसद बेटिना पेटजोल्ड महर संसदमा बोलिरहदा भूकम्प गएको हो ।

भिडियोमा पहिलो भूकम्प जाँदा उनी हाँसिरहकी देखिन्छिन् । तर, लगत्तै आएका दोस्रो भूकम्पले भने उनीहरूको होस हवास उड्यो । दोस्रो भूकम्पले संसद भवन हल्लिन थालेपछि पेटजोल्ड आत्तिदै भवनको सिलिङ र दायँ वायाँ हेरेको भिडियोमा देख्न सकिन्छ । त्यसपछि तत्कालै संसद बैठक स्थगित भएको थियो भने संसदहरु छिटो छिटो भवनबाहिर निस्किएका थिए ।

युरोन्युजका अनुसार पहिलो भूकम्प २ दशमलब ४ र दोस्रो ३ दशमलब ९ म्याग्निच्युडको थियो । दोस्रो भूकम्पको गहिराई १९ किलोमिटर थियो । उक्त भूकम्प अस्ट्रेलिया, स्विट्जरल्यान्ड र जर्मनीसम्म महसुस गरिएको थियो ।

भूकम्पले बैठक अवरुद्ध गरेको यो पहिलो पटक भने होइन । सन् २०२० मा अक्टोबरमा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले एक अन्तर्वार्ता दिने क्रममा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

टिप्पणीहरू