कोरोनाको तथ्यांकमा केन्द्रसँग असन्तुष्टि

ताप्लेजुङ्को कोरोना भाइरस (कोभिड—१९) को तथ्याङ्कलाई लिएर ताप्लेजुङ जिल्लाले केन्द्र सरकार संग असन्तुष्टी व्यक्त गरेको छ । २०७७ जेष्ठ १९ गते सम्म ताप्लेजुङ, पाँचथर, इलाममा कोरोना सङक्रमित देखिएका थिएनन् तर त्यस पछि जिल्लाको कोरोना नियन्त्रण समितिलाई कुनै थाहै नभई केन्द्र सरकारको तथ्याङ्कबाट ताप्लेजुङमा ३ जना र पाँचथरमा १ जना सङक्रमित देखाए पछि स्थानीय सरकारले केन्द्र सरकार संग असन्तुष्टी व्यक्त गरेको छ ।

भारतबाट नेपाल आएका तर ताप्लेजुङमा आइनै नपुगेका मानिसलाई ताप्लेजुङको कोभिड देखाई दिए पछि ताप्लेजुङबासी आतङ्कीत बनेका भन्दै यसरी केन्द्र सरकारले जनतामा त्रास पैmलाएको आरोप लगाएको छ । वास्तवमा झापामा ३ जना र सुनसरीमा १ जना ताप्लेजुङ्को नागरिकता भएका नागरिकमा कोरोना पोजेटिभ देखिए पछि स्थायी ठेगानालाई आधारमानी ताप्लेजुङ जिल्लामा कोभिड देखाए पछि ताप्लेजुङबासी त्रसित भएको भन्दै स्थानीयबासी तथ्याङ्क गलत भएको र सरकारले बढी आतङ्कीत बनाएको भन्दै रोष प्रकट गरिरहेका छन् ।

यसै तथ्याङ्कलाई लिएर स्थानीयहरु भनिरहेछन् बेलायत, अमेरिका लगायतमा कोरोना सङ्क्रमित भएका र कोरोनाबाट मरेका मृतक नेपालीलाई किन नेपाल सरकारले आफ्नो तथ्याङ्कमा राखेन ? तर ताप्लेजुङमा नभएका मानिसको कोभिड तथ्याङ्क चै यहाँ राखेर त्रास फैलाउनु सरकारको तथ्याङ्कमा दाहोरो चरित्र भएको भन्दै आश्चार्य प्रकट गरिरहेका छन् !

सरकारले दुर्गम क्षेत्रमा कोभिड १९ को परिक्षण सहज बनाउन नसकेको र यसरी सहज नबनाई सुगम र पहुँचका व्यक्तिहरुको मात्र परिक्षण गरिने हो भने विस्तारै यो लुकेर भुसको आगो भैm समाजमा फैलने र स्थिती भयाबह बन्न सक्ने देखिन्छ भन्दै स्थानीयबासीहरु भन्छन् यो परिक्षण पहुँचका आधारमा भइरहेको छ । खर्च बढे पनि खर्च अनुसार परिक्षण लगायतका कामहरु हुन सकेका छैनन् भन्ने गुनासो नागरिकबाट यत्रतत्र सुन्न पाइन्छ ।

यस्तै गुनासो बीच कोरोना खर्चका बारेमा पनि सुरु देखिनै विवाद र गुनासो सुनिएको बारेमा कोहि अनविज्ञ नहोला ताप्लेजुङमा पनि परिक्षण, बेरामी तथा व्यवस्थापन हेर्दा खर्चको अनुपात निकै धेरै देखिन्छ । त्यसमा पनि सिदिङ्वा गाउपालिकामा खर्चको विषयमा विवादले शिखर चुम्न खोजेपछि छानविन हुनु पर्ने सम्मका अवस्था सृजना भएको स्थानीयहरु बताउछन् ।

टिप्पणीहरू