ज्ञानेन्द्रको निम्ति सोझो अङ्गरक्षक खोज्दा

ज्ञानेन्द्रको निम्ति सोझो अङ्गरक्षक खोज्दा

२०४३/४४ सालताका  अधिराजकुमार धीरेन्द्रको काण्डमा एडिसी कर्णेल भरत गुरुङको सन्दिग्ध भूमिकाबाट शिक्षा लिदै दरबारले माहिला सरकार ज्ञानेन्द्र शाहको लागि सोझो अङ्गरक्षकको खोजी गर्यो ।

यसक्रममा स्याङ्जा निवासी २३ बेसिकको अधिकृत क्याडेट तालिममा OLQ (officers like quality ) नभएको भनी फेल भएका साहजन खाँण छ्नौट हुन पुगे, विभिन्न तालिमको दौरान लिखित परीक्षाहरुमा  १००  पूर्णाँङ्कमा १० भन्दा बढी  ल्याउनै सकेनन् ।

भनिन्छ उनले परीक्षाको अघिल्लो रात १२ बजेसम्म पढे १२ नम्बर , १ बजेसम्म पढे १ नम्बर,२ बजेसम्म पढे २ नम्बर ल्याउँथे । ADC  भएकै बेला बिदेश staff college तालिममा जान JSC ( junior  staff  course ) को निम्ति नगरकोट जाँदा intrance  exam  मा ७ नम्बर मात्र ल्याएर फेल भएकोले तत्कालीन हाकिम प्रज्वल समशेरले ज्ञानेन्द्र रिसाउँदा रिसाउँदै पनि तुरुन्त गुन्टा रोल गरेर निर्मल निवास फिर्ता गरेका थिए ।

कुनै तालिम नगरेर पनि pramotion  हुन नरोकिने शाही सुविधा पाएका उनी वीचैमा गणतन्त्र आएकोले महासेनानीमै अवकाश हुन बाध्य भए,नत्र अहिले ३ तारे जर्नेल भएर प्रमुख सैनिक सचिव हुने पक्का थियो ।

शाही ADC  भए पनि  ब्यापारी राजाले केही दया नगरेको कारण करिब १५ बर्ष सेनाको परिवार आवासमा बिताउन बाध्य भए । दरवारमा सरुवा भएपछि कुनै पनि UN Mission मा सहभागी बन्ने मौका नपाएको कारण उपत्यका मा १ इन्च जमिन पनि जोड्न सकेनन् ।

मुस्किलले एउटा छोरालाई सेनाको अधिकृत बनाउन सफल भई अब स्याङ्जाको पुर्खौली जमिन बेचेर भक्तपुरतिर जग्गा किन्ने तरखर मा छन् भने आफू सेनाको पेन्सन पनि खाँदै सैनिक कल्याणकारीमा करारमा सेवा गर्दैछन् ।

टिप्पणीहरू