आज दुई सयबढी संक्रमित, तीन जना बिते

आज दुई सयबढी संक्रमित, तीन जना बिते

पछिल्लो २४ घण्टामा मुलुकभर दुई सय छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ सय ६९ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ९५ जनाको पिसीआर परीक्षणमा एक सय ३४ र १२ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जना संक्रमित थपिएका हुन् । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या २८ सय ९१ पुगेको छ ।

सो अवधिमा तीन सय ९८ जना संक्रमित निको भएका छन् । आज कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ज्यान जानेको संख्या १२ हजार पाँच पुगेको छ ।

टिप्पणीहरू