अर्जुनहरु अन्तैबाट परिचालित रे !

अर्जुनहरु अन्तैबाट परिचालित रे !

अनेक अफवाह र झुटो प्रपञ्च फैलाएर रातो सिन्दूर र खादा फूलमालाको दुरूपयोग गर्ने पात्रहरूका मालिक सोफासेटमा थ्री पिस पोशाक र ५ करोडमाथिका गाडीभित्र अधिक अधिक छन् ।

सञ्जालमा व्यक्तिको चरित्रहत्या अथाह भेटिन्छन् । हरेक टोलटोल र बस्ती बस्तीमा खटिन्छन् राजनीतिभित्र परेका किराहरू ! झुठो प्रचार गर्दै देशको बारेमा बोल्नेको मुख थुन्न !! आज देश कता जाँदैछ ? भनेर कोही कसैले खोज्छ भने खोज्नुपर्छ पहिला आफैँभित्र । आफैँभित्र खोज्दा सबै भेटिन्छ ।

आज सगरमाथा होचो बनाउने मान्छे जन्मेको छैन तर तपाईं, म र अरूलाई होच्याउने पात्रको बिगबिगी छ नेपाली समाजमा ! तपाईं ठान्नुहुन्छ फलानो उस्तो अरे, अनि तिलानो यस्तो अरे ! हरेक मान्छेका पछिपछि कुदिरहेछ आफैँलाई बिर्सेर ! पल्लो घरको पछि कुदिरहेछ, माथ्लो तलाको मान्छेको पछि कुदिरहेछ, पल्लो गाउँको मान्छेको पछि कुदिरहेछ अनि पारिगाउँका कुरा सुन्दै देश हल्लाइरहेछ । अगाडिको बाटो भुलिरहेछ र अरुलाई आरोप लगाइरहेछ ! उसलाई ब्रह्मले भन्छ झुटो बोल्नु हुँदैन, सबै सत्य बोल्नुपर्छ तर ऊ आफैँलाई छलिरहेछ ।

सगरमाथा होचो बनाउने मान्छे जन्मेको छैन तर तपाईं, म र अरूलाई होच्याउने पात्रको बिगबिगी छ

ढाँट र छलका छापामार पाल्न अहिले कुनै गाह्रो छैन । यसर्थ सुन्दर मानव समाजमा जन्म भयो गुण्डाको, गुण्डाको पनि दानापानी हुन्छ, गुण्डा नाइके ठेकेदार बन्छ, अनि तिनै ठेकेदारका गुण्डाहरू नेता बन्छन् । आज मन्त्रालय गुण्डाहरूको हातमा त छैन ?

गुण्डाहरू कहाँबाट दानापानी धानिरहेछन् ! १८ खर्बभन्दा ज्यादा वैदेशिक ऋण र भारहरू बोकाउँदै भ्रुणसमेत भोकमरीको अवस्थामा पुगेको छ ।

आज जीवनजीबाट सुनियो, अर्जुन प्रसाईँहरू त एमालेद्वारा परिचालित रे ! राष्ट्रघातविरुद्धको ४० वर्षे कम्युनिष्ट इतिहासबाट नयाँ विद्रोहको दीप बाल्दै आउनुभएको पात्रबारे यस्तो अफवाह फैलाउने ती ओंठहरू कुन भोजन सामग्री खाँदै र कुन पेय पदार्थ पिउँदै होलान् ?

पेन्सनर व्यक्तित्व, छोराछोरी सबै सेटल्ड भइसकेका, कोही मेयर, केन्द्रीय सदस्य बनाउन नपर्ने, युवाहरूका पनि युवा बनेर कोही सामुन्ने आउँदा भक्ति थापाहरूका ७० वर्षे जोशको बलिदानलाई जोगाउन खोज्ने अर्जुनहरु कुनै दलका परिचालित कसरी हुन सक्छन् ?

देश बनाउने मनहरू सत्यको मार्गमा हिँड्छन्, ब्रह्मलुट गर्ने होइन, माननीय÷सम्माननीय होइन, जनसेवक बन्छु भने ठीकै छ, हैन भने देश रक्षा नभै कसका लागि लागि र के को समाजवाद ? कस्तो गणतन्त्र ?

– मेलम्ची –१,भोटेचौर, सिन्धुपाल्चोक, हालः काठमाडौं, नेपाल

टिप्पणीहरू