आङ सान सुकीलाई थप तीन वर्ष कैद सजाय

आङ सान सुकीलाई थप तीन वर्ष कैद सजाय

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई अदालतले थप तीन वर्षको कैद सजाय सुनाएको छ । सैन्य नियन्त्रणमा रहेको अदालतले गत २०२० को निर्वाचनमा उनको दलले धाँधली गरेको फैसला गर्दै सोको निम्ति थप कैद सजाय सुनाएको हो ।

आज गरिएको फैसलाअनुसार सुकीलाई अहिलेसम्म कुल २० वर्षको कैद सजाय हुनेछ । यसअघि विभिन्न मुद्दामा १७ वर्षको कैद सजाय तोकिएको थियो । सेनाले ’कू’ गरेर सत्ता कब्जा गरेपछि राष्ट्रपति यु विन मिन्ट र सुकी सरकारका मन्त्री यु मीन थुलाई पनि निर्वाचनमा धाँधली गरेको ठहर गर्दै तीन वर्षको श्रम कैद सजाय दिइएको थियो ।

सूकीले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसी पार्टीले सन् २०२० मा बहुमत ल्याएको थियो । तर सेनाले सन् २०२१ को फेब्रुअरीदेखि निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै ’कू’ गरेर सत्ता हातमा लिएको हो ।

टिप्पणीहरू