एमाले समर्थित प्रेस चौतारीका सचिव माओवादीमा

एमाले समर्थित प्रेस चौतारीका सचिव माओवादीमा

नेकपा एमाले समर्थित प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिका सचिव शेरबहादुर थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रशिक्षणको सिलसिलामा सुर्खेत पुग्नु भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टी प्रवेश गराउनुभएको छ।

माओवादी केन्द्र कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरको सिटी हलमा हिजोदेखि आयोजना भएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्न पुग्नुभएका प्रचण्डले थापालाई पार्टीमा भित्र्याउनु भएको हो।

प्रशिक्षण कार्यक्रममा उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायत केन्द्रीय नेताहरू हिजैदेखि सहभागी छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने आज पुग्नुभएको हो।

टिप्पणीहरू