सैन्य तालिम लिन भारतीय र चिनियाँ सेना रुसमा

सैन्य तालिम लिन भारतीय र चिनियाँ सेना रुसमा

रुसमा जारी सप्ताहव्यापी सैन्य तालिममा सहभागी हुन भारतीय सेनाको टुकडी रुस पुगेको छ । भोस्टोक–२०२२ नाम दिइएको उक्त तालिममा विभिन्न राष्ट्रका ५० हजारभन्दा बढी सैनिक सहभागी छन् ।

हिजोदेखि शुरु तालिममा सातौं र आठौं गोर्खा राइफल्सका सैनिक गएका हुन् । तालिममा सैनिकहरु संयुक्त क्षेत्रीय तालिम अभ्यास, लडाईं छलफल र फायरपावर अभ्यासलगायत संयुक्त युध्दाभ्यासमा संलग्न हुने भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

भोस्टोक–२०२२ रुसको बहुपक्षीय रणनीतिक र कमाण्ड अभ्यास हो । यसमा सहभागी सैन्य दल र पर्यवेक्षकहरूबीच अन्तरक्रिया र सहयोग अभ्यास गराइन्छ ।

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै प्राप्त समाचारमा भनिएको छ, ‘रुसी सेनाको अभ्यासमा सैन्य कमाण्ड सेन्टरहरू, पूर्वी सैन्य जिल्लाका सैनिक, एयरबोर्न फोर्स र लामो दूरीको र सैन्य यातायात विमान समावेश छन् ।’

अभ्यासमा चीन,भारतलगायत धेरै राष्ट्रका ५० हजारभन्दा बढी सैनिक सहभागी छन् । भारतले गत वर्ष रूसमा भएको एक्सरसाइज जापड २०२१ अभ्यासमा चीन, पाकिस्तानलगायत १७ अन्य राष्ट्रका सैनिकसँगै भाग लिएको थियो।

टिप्पणीहरू