काँग्रेसलाई सय सीट नभई हुन्न भन्नेसँग झापा जानुअघि एमाले अध्यक्षको २ घण्टा सल्लाह

काँग्रेसलाई सय सीट नभई हुन्न भन्नेसँग झापा जानुअघि एमाले अध्यक्षको २ घण्टा सल्लाह

नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला समूहले आगामी निर्वाचनमा सत्ता गठबन्धनभित्रका दलमध्ये आफ्नो पार्टीले कम्तिमा एक सय सीटमा उम्मेदवार उठाउन पाउनुपर्ने अडान राख्दै आएको छ ।

बालुवाटारमा दिनहुँ बस्दै आएको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक र कार्यदलको बैठकमा उक्त विषय पेचिलो बनेको छ । माओवादीले ६० सीट, एकीकृत समाजवादीले २५ सीट र काँग्रेसले एक सय सीट दाबी गरेको अवस्थामा बैठक म्याराथन दौड भ्यागुुताको धार्नी भइरहेको छ ।

सत्ता गठबन्धनलाई सकेसम्म टुटाउन लागिपरेको एमाले र उसका अध्यक्ष केपी शर्मा ओलीले हिजो काँग्रेस नेता डा. कोइरालासँग भेट गर्नुलाई अर्थपूर्ण ठानिएको छ । अध्यक्ष ओली कोराइरालासँगको भेटलगत्तै सवा ३ बजे झापा जानुभएको हो ।
अस्ति उहाँ सुदूर पश्चिमको कञ्चनपुर पुग्नुभएको थियो । महेन्द्रनगर पुगेर उहाँले एमालेले आगामी निर्वाचनमा एक्लै डेढ सय सीट जितेर सरकार गठन गर्ने ठोकुवा गर्नुभएको थियो ।

टिप्पणीहरू