भारतीय कूटनीतिज्ञले गृहमन्त्री भेटे, सेनापतिअघि अरु पनि आउने

भारतीय कूटनीतिज्ञले गृहमन्त्री भेटे, सेनापतिअघि अरु पनि आउने

काठमाडौंस्थित भारतीय दूतावासका उपनियोग प्रमुख (डिसिएम) नाम्ग्या सी खम्पाले आज गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी छन् । उनले सिंहदरबारस्थित गृह मन्त्रालयमा भेट गरेकी हुन् ।

उता भारतीय सेनाध्यक्ष मनोज पाण्डे आगामी आइतबार नेपाल आउने पक्का भएको छ । भ्रमणको क्रममा पाण्डेलाई राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको उपाधी प्रदान गर्ने कार्यक्रम छ ।

यस्तो उपाधी नेपालका प्रधानसेनापतिलाई पनि भारतीय राष्ट्रपतिले प्रदान गर्ने प्रचलन छ । प्रधानसेनापति प्रभुराम शर्मालाई अघिल्लो वर्ष उक्त उपाधी प्रदान गरिएको थियो ।

सेनाध्यक्षमा नियुक्त भएपछि पाण्डेले गत महिना भुटानको औपचारिक भ्रमण गरेका थिए । भारतीय सेनापतिको भ्रमणअघि केही भारतीय अधिकारीहरुले नेपालको अनौपचारिक भ्रमण गर्ने उच्च स्रोतको दाबी छ ।

टिप्पणीहरू