भागबण्डाको कुरो मिलाउन प्रचण्डको सुर्खेत भ्रमण रद्ध

भागबण्डाको कुरो मिलाउन प्रचण्डको सुर्खेत भ्रमण रद्ध

सीट भागबण्डाका लागि सत्ता गठबन्धनको निर्णायक बैठक बस्ने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज सुर्खेत जाने कार्यक्रम स्थगित गरिएको छ । गठबन्धनमा सीट भागबण्डा मिलाउन सकस परिरहेको र त्यसबारे आज निर्णायक छलफल हुने भएकाले उहाँ आफैँले कर्णाली जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुभएको हो ।

प्रचण्डसहित माओवादीका शीर्ष नेताहरु पार्टीको कर्णाली प्रदेश समितिको बैठकमा सहभागी हुन आज सुर्खेत जाने कार्यक्रम थियो । माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले एक घण्टामात्रै भएपनि अध्यक्षलाई बोलाउने भनेता पनि कार्यव्यस्तताले आउन नसक्ने जानकारी पाएको बताए । अन्तिम समयमा प्रचण्डले स्थगित गरेको कार्यक्रममा उपमहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सहभागी भएका छन् ।

१० जिल्लाका जनप्रतिनिधि, प्रदेशमा रहेका केन्द्रीय सदस्य, जनवर्गीय सङ्गठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई बैठकमा सहभागी हुन सर्कुलर गरिएको थियो ।

टिप्पणीहरू