बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

पर्सामा बसको ठक्करबाट मोटरसाइकल चालक बितेका छन् । जिल्ला रौतहट मौलापुर गाउँपालिका–५ पतौरा बस्ने ६५ वर्षीय तुलसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज महानगरपालिका–१५, व्रह्मचोकबाट वीरगञ्ज बसपार्कतर्फ जाँदै गरेको ना.४० प ९४७९ को मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको ना.७ ख १८३७ नम्बरको बसले ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक साह र सोही ठाउँका मोटरसाइल पछाडि सवार ३१ वर्षीय रामसागर साह गम्भीर घाइते भएका थिए । दुवै जनालाई नारायणी अस्पताल वीरगञ्जमा पठाइएकोमा तुलसीको उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइते रामसागरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक ललितपुर महानगरपालिका–१३ नख्खु, बस्ने ४२ वर्षीय प्रवीन कुमार रजकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू