सीट बाँड्ने कार्यदल बैठक र भ्यागुताको धार्नी

सीट बाँड्ने कार्यदल बैठक र भ्यागुताको धार्नी

भागबण्डाको किचलो मिलाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी निर्वाचनमा कुन दललाई कति सीट दिने भन्नेबारे ठोस निर्णय हुने बताइएको छ ।

सत्तामा रहेका पाँच वटै दलका आ–आफ्ना अडानका कारण सीट बाँडफाँडमा सकस परेको छ । १ सय ६५ प्रतिनिधि सभा सीटमा हिजोबाट नेपाली काँग्रेस ०७४ को एमालेजस्तै एक सयको अडानबाट ९० मा मान्ने छनक देखाउन थालेको छ । समझदारी हुँदा माओवादी केन्द्र ४५ सीटमा झर्ने हुनसक्छ ।

नेकपा एकीकृत समाजवादीले आफ्नो दलले ४० सीट पाउनु पर्ने बताउँदै आएको छ । ऊ २५ मा खुम्चने हुनसक्छ । जसपाले २० र राष्ट्रिय जनमोर्चाले दुई सिटको दाबी छाडेका छैनन् ।

टिप्पणीहरू