सुडान जाने सैनिक टोली राति नै उड्यो

सुडान जाने सैनिक टोली राति नै उड्यो

नेपाली सेनाको एउटा टोली राति सुडानतर्फ उडेको छ । शेर गणको झण्डामा शान्ति सेनाको १२ औं डफ्फा आज बिहान पौने ३ बजे त्यता गएको हो ।

दक्षिण सुडानमा शान्ति स्थापनार्थ उक्त गणको टोली दोस्रो रोटेशन फ्लाइट कमाण्डर सेनानी विदुर खड्काको कमाण्डमा गएको हो । नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २४५५ बाट गएको टोलीमा दुई सय ४४ जना रहेको नेपाली सेनाले जनाएको छ ।

टिप्पणीहरू