आफ्नो पार्टीले डेढ सय सिट जित्ने एमाले अध्यक्षकोे दाबी

आफ्नो पार्टीले डेढ सय सिट जित्ने एमाले अध्यक्षकोे दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लैले एक सय ५० सित जित्ने दाबी गर्नु भएको छ । कञ्चनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समानुपातिक र प्रत्यक्षतर्फ गरेर उक्त संख्यामा आफ्नै बलबुताले जित्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ’अरूको बैशाखी टेकेर होइन, पैसा खर्च गरेर होइन, हामी आफ्नै बलबुतामा जनताले भोट हालेर जित्छौँ ।’ गठबन्धनसँग नेता मात्रै र जनता एमालेसँग रहेको जिकिर ओलीले गर्नुभयो ।

सरकारमा रहेका दलका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको बताउँदै ओलीले आफ्नो लागिभन्दा पनि देशका लागि एमालेले बहुमत ल्याउनुपर्ने दबाबमा रहेको उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू