हिंसात्मक गतिविधि बढेसङ्गै नेपाली सेनाको एक टुकडी इराकतर्फ प्रस्थान

हिंसात्मक गतिविधि बढेसङ्गै नेपाली सेनाको एक टुकडी इराकतर्फ प्रस्थान

नेपाली सेनाको एक टुकडी आज बिहान इराकका निम्ति उडेको छ । धार्मिक हिंसा बढिरहेको बेला शान्ति स्थापनाको लागि भन्दै बिहान १० : ५ बजे FZ ५७२ फ्लाई दुबईको जहाजबाट १७ जनाको टोली इराकतर्फ गएको हो ।

१८ नम्बर डफ्फा इराकमा शान्ति मिसनको लागि खटिएको हो । टोलीको नेतृत्व सेनानी वसन्तनाथ योगीले गरेका छन् । इराकमा पछिल्लो समय हिंसात्मक प्रदर्शनहरू बढिरहेको छ ।

सिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा परेपछि भड्किएको हिंसामा कम्तीमा २३ जना प्रदर्शनकारीको मृत्यु भैसकेको छ । प्रधानमन्त्री मुस्तफा अल–काधिमीले प्रदर्शन उग्र बनेपछि राजनीतिक जटिलता थपिएको भन्दै राजीनामा दिने बताएका छन् ।

टिप्पणीहरू