हात्तीको आक्रमणबाट ८० वर्षे वृद्ध बिते

हात्तीको आक्रमणबाट ८० वर्षे वृद्ध बिते

झापामा जगंली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । बाह्रदशी गाउँपालिका–१ का ८० वर्षीय देवीबहादुर अधिकारीको हात्तीको आक्रमणबाट मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार अधिकारीलाई हिजो बिहान स्थानीय मनकामना सामुदायिक वनभित्र हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएको उनको थप उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

टिप्पणीहरू