राष्ट्रपतिको कार्यक्रम बिथोल्ने आशंकामा तारा बरालसहित ६ जना समातिए

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालोझण्डा देखाउने आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । तीजको अवसरमा आज साँझ पशुपतिनाथ दर्शनका लागि राष्ट्रपतिको सवारी हुँदा विरोध प्रदर्शन गर्ने चेतावनी दिएकी समाजिक अभियन्ता भनिने तारा बरालसहित ६ महिलालाई प्रहरीले पशुपति इट्टापाखाबाट समातेको हो ।

पक्राउ पर्नेहरुमा उषा किराती, अनू कार्पी, पुष्पादेवी तामाङ, सरिता केसी, तारा बराल, र लक्ष्मी धिमाल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले गौशला वृत्तमा राखेको जनाएको छ ।

यसअघि बरालले राष्ट्रपति भण्डारीलाई पशुपति जानबाट रोक्नुपर्ने आक्रमक अभिव्यक्ति दिएकी थिइन् ।

टिप्पणीहरू