सेनाले यस्तो देख्यो चुनावताका हुनसक्ने समस्या

सेनाले यस्तो देख्यो चुनावताका हुनसक्ने समस्या

नेपाली सेनाले आगामी मंसिरको निर्वाचनमा ठूलो सुरक्षा चुनौती नरहेको प्रारम्भिक विश्लेषण गरेको छ । एकै चरणमा निर्वाचन हुन लागेकाले सुरक्षा व्यवस्थापनमा केही कठिनाइ भएपनि विगतमाजस्तो बहिष्कारवादी समूहहरु चुनौतीका रुपमा नदेखिएको सेनाको आन्तरिक रिपोर्टिङ छ ।

बहिष्कारवादी समूह आफैंमा विभाजित हुनु र तराई-मधेसमा प्रभाव जमाएको सिके राउतको जनमत पार्टीले स्थानीय चुनावमै भाग लिइसकेकाले सेनाले सुरक्षा ‘थ्रेट’ महसुस नगरेको हो । सम्भावित सुरक्षा चुनौतिका रुपमा हेरेको विप्लव समूह विभाजनका कारण कमजोर भएकाले चुनाव बिथोल्न सक्ने हैसियत नरहेको सेनाको विश्लेषण छ । त्यस्तै, विप्लवबाटै विभाजित भएको नेकपा (बहुमत), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायतका चुनाव बहिष्कार गर्ने घोषणा गरेका समूहलाई सेनाले सुरक्षा चुनौतीका रुपमा लिएको छैन ।

अहिले विभिन्न राजनीतिक दल, उनीहरुका भातृ संगठन, स्वतन्त्र समूह, संघसंस्थालगायतले एमसीसी, एसपीपीविरुद्ध गरिरहेको सडक आन्दोलन, महंगीविरुद्धको प्रदर्शनलगायतका गतिविधिलाई नियालिरहेको सेनाले त्यसलाई ठूलो समस्याका रुपमा हेरेको छैन । त्यस्ता आन्दोलनहरु निर्वाचन बिथोल्ने तहमा बिकसित नहुने र भैहाले पनि नियन्त्रणमा लिन सकिनेमा सेना ढुक्क छ ।

अहिलेसम्मको आन्तरिक रिपोर्टिंग र स्थानीय चुनावको अनुभवसमेतलाई विश्लेषण गरेर सुरक्षा रणनीति बनाउने सेनाको तयारी छ ।

टिप्पणीहरू