प्रचण्डले भन्नुभयो -काँग्रेसले अचाक्ली गरे हामीसंग अर्को विकल्प छ !

प्रचण्डले भन्नुभयो -काँग्रेसले अचाक्ली गरे हामीसंग अर्को विकल्प छ !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीट बाँडफाँटमा नेपाली कांग्रेसले बखेडा झिकिरहे सहकार्य तोडिने चेतावनी दिनुभएको छ ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले गठबन्धनको भावनाविपरित काँग्रेस अघि बढ्न खोजे वाममोर्चा बनाएर जाने बताउनुभएको हो ।

‘हामीसँग वाममोर्चाको पनि विकल्प छ । अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदैछ’, प्रचण्डले भन्नुभयो, ‘कांग्रेसले सिट बाँडफाँटमा ज्यादिबिधि गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा चुनावी तयारी अगाडि बढाउँछौँ ।’

कांग्रेस नेताहरुले एक सय सीटमा आफ्नो दाबी नछोड्ने बताइरहेका बेला वाममोर्चा बनाउने प्रचण्डको चेतावनीले गठबन्धनका बाँकी चार दलबीच अर्को समीकरण बन्ने संकेत गरेको छ ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कांग्रेसले सय सीटमा दावी गरिरहे गठबन्धनभित्रका वामपन्थीहरुको छुट्टै मोर्चा बन्ने बताउनुभएको थियो ।

टिप्पणीहरू