कर्णालीका सबै माओवादी माननीयको मन्त्रीमा प्रमोसन

कर्णालीका सबै माओवादी माननीयको मन्त्रीमा प्रमोसन

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले आज राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान बिष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सरकारमा सहभागी बिष्ट र सिंहलाई फिर्ता बोलाएर रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई मन्त्री बनाउने निर्णय गरेको थियो । आफ्ना ११ जना सांसदमध्ये कामी र शाह मात्रै माओवादी केन्द्रबाट मन्त्री बन्न बाँकी छन् । पुष्पा घर्ती (बिष्ट) उपसभामुख बनिसकेकी छन् ।

माओवादीले नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीमा सिफारिस भएका कामी र शाहलाई भोलि पद तथा गोपनीयताको शपथ खुवाएपछि सबै सांसदहरूको मन्त्री बन्ने पालो पूरा हुने छ ।

टिप्पणीहरू