धमाधम घरभाडा मिनाहा

धमाधम घरभाडा मिनाहा

धनकुटा उद्योग वाणिज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा अभियानका क्रममा ३ सय जनाभन्दा बढीले घरभाडा मिनाहा गरेका छन् ।

लकडाउनको अवधिमा उद्योग, व्यवसाय तथा व्यापार बन्द भएपछि संकटमा परेका व्यवसायीलाई राहत होस् भनेर उनीहरूले घरभाडा मिनाहा गरेका हुन् । धनकुटा उद्योग वाणिज्य संघले घरभाडा मिनाहा अभियान सञ्चालन गरी घरधनीलाई घर भाडा मिनाहा गर्न अनुरोध गरेपछि उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व पदाधिकारी, खेलाडी, कलाकार, नागरिक समाजका अगुवालगायत ३ सयभन्दा बढी घरधनीले आजसम्म घरभाडा मिनाहा गरेको धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णराज श्रेष्ठले वताए ।

घरभाडा छुट दिनेमा, धनकुटा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा धनकुटा नगरपालिका–१ का निर्वाचित वडासदस्य ललाचन्द्र गोङ्वा तामाङ, पूर्व राष्ट्रिय खेलाडी तथा कलाकार पीयूष श्रेष्ठ तथा आशा देवान श्रेष्ठ, नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागार्इं, हिले बजारका लक्ष्मी लामिछाने, कृष्णराज जोशी, लक्ष्मीदेवी जोशी, किरणकुमार शाक्य, केशरबहादुर थापा, छेकु तामाङ, वीरबहादुर विसंखे, धनकुटा नगरपालिका–६ का गंगादेवी खड्गी, शिखर श्रेष्ठ, हरिकुमार श्रेष्ठलगायत छन् ।

धनकुटा उद्योग वाणिज्य संघको आह्वान तथा अनुरोधमा धनकुटा नगरपालिका–५ तल्लो कोप्चेका त्रिभुवन श्रेष्ठ, वडा नं. ६ विचबजार भीमसेन चौकका पूर्णकृष्ण श्रेष्ठ, वडा नंं ७ मदनचौकका पुष्करप्रसाद जोशीलगायत धनकुटा बजारका ८७ जनाभन्दा बढीले घरभाडा मिनाहा गरिसकेको धनकुटा उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङले जानकारी दिइन् ।

यसअघि पर्यटकीय तथा व्यापारिक हवको रूपमा रहेको धनकुटा नगरपालिका– १ हिलेका हेमकुमारी लिम्बू, थामबहादुर लिम्बू, जंग क्षेत्री, निरबहादुर गोङ्देन, धनबहादुर मोक्तान (डि.बीं), कौशिला बमजन, विष्णु मोक्तान, बिना देवी घिसिङ, बमबहादुर योञ्जन, जमुना घिसिङ योजञ्जन, शुभचन्द्र मोक्तान, दुर्गादेवी घिसिङलगायत १७ जना घरधनीले घरभाडा मिनाहा गरिसकेका छन् ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र सुखकला राई तथा धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले घरभाडा मिनाहा गरेको धनकुटा उद्योग वाणिज्य संघका सचिव राम रायमाझीले जानकारी दिए । व्यापारी तथा व्यवसायीले व्यापार गरेर कमाएको पैसाले भाडा तिर्ने घर व्यवहार चलाउने भएको तर व्यापार लक डाउनको कारणले पसल दुई महिनाभन्दा बढी समयदेखि व्यापार बन्द भएकाले मानवीय नाताले पनि आफूहरूले लकडाउन अवधिको पूरै घरभाडा मिनाहा गरिदिएको पूर्वराष्ट्रिय खेलाडी तथा कलाकार पीयूष श्रेष्ठ र किरणकुमार शाक्यले बताए ।

व्यापारी तथा व्यवसायीलाई संकट तथा दुःखको अवस्थामा मानवीय नाताले सहयोग गर्ने क्रममा धनकुटा जिल्लामा ३ सय २५ जनाभन्दा बढीले घरभाडा मिनाहा गरिसकेको र ४ जना घरधनीले घरभाडा मिनाहा गर्ने प्रतिबद्धता जनाएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

धनकुटा उद्योग वाणिज्य संघले धनकुटा नगरपालिकाको धनकुटा बसर्पाकमा रहेको व्यापारिक भवनका भाडाका साथै धनकुटा बजारको र हिले बजारको बिहीबारे हटियाको भाडा तथा कर र धनकुटा अस्पतालको व्यापारिक भवनमा रहेको पसलको समेत घर भाडा छुट गरिदिन धनकुटा नगरपालिका र धनकुटा अस्पताललाई विकास समितिलाई पनि आग्रह गरेको छ ।

टिप्पणीहरू