एमालेको घोषणापत्र ओलीले नै लेख्ने

एमालेको घोषणापत्र ओलीले नै लेख्ने

अध्यक्ष केपी ओलीलाई चुनावी कमाण्डर बनाएर जाने निर्णय गरेको नेकपा एमालेले घोषणापत्र लेख्ने जिम्मा पनि ओलीलाई नै दिएको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रथम बैठकले ओलीलाई घोषणापत्र मस्यौदा गर्न जिम्मेवारी तोकेको हो ।

बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन सचिवालयसमेत गठन गरेको छ । ओलीको अध्यक्षतामा गठित परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका छन् । साथै केन्द्रीय परिचालन कमिटीलाई तलसम्म बिस्तार गरी पार्टीको सम्पूर्ण तागत निर्वाचनमा होम्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

अस्ति बिहीबार बसेको एमाले पोलिटब्युरो बैठकले मंसिर ४ मा हुने चुनावको तयारीका लागि ओलीको अध्यक्षतामा परिचालन कमिटी गठन गरेको थियो । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु,केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु,प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिवहरु र पार्टी केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

टिप्पणीहरू