पाकिस्तानमा बाढीले एक हजार बढीलाई बगाइसक्यो

पाकिस्तानमा बाढीले एक हजार बढीलाई बगाइसक्यो

पाकिस्तानमा बाढीले धेरै नै जनधनको क्षति पुर्‍याएको छ। हालसम्म एक हजारभन्दा बढी मानिसको बाढीका कारण ज्यान गएको छ। कयौँ घाइते र विस्थापित भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार तीन सय बालबालिकासहित एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ। सरकारले दिएको तथ्याङ्क उल्लेख गर्दै डान अखबारले तीन करोड ३० लाखभन्दा धेरै मानिस बाढीको कारण प्रभावित भएको उल्लेख गरेको छ।

मनसुनी बाढीका कारण कृषि क्षेत्र निकै नै प्रभावित भएको छ,बाढीका कारण ४ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको छ ।

सिन्ध,बलुचिस्तान र खैबर पख्तुनख्वाहमा बाढीले धेरै नै असर पुर्‍याएको बताएको छ। अहिलेसम्म सिन्धमा सबैभन्दा धेरै ३ सय ३९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बाढी प्रभावित सिन्धलगायत विभिन्न स्थानको भ्रमण गरेका छन् । उनले बाढी प्रभावित क्षेत्रका मानिसहरूको सहयोगको लागि भन्दै ३८ अर्ब पाकिस्तानी रुपैयाँ सहयोग घोषणा गरेका थिए।

प्रधानमन्त्री शरिफले बाढीले पुर्‍याएको धनजनको क्षति र उत्पन्न परिस्थितिको विषयमा छलफल गर्न भोलि सर्वदलीय बैठक बोलाएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

टिप्पणीहरू