नागरिकता विधेयक आज पुनः राष्ट्रिय सभामा

नागरिकता विधेयक आज पुनः राष्ट्रिय सभामा

प्रमुख प्रतिपक्ष दल एमालेको आग्रहमा एक साता स्थगित भएको राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नु भएको नागरिकता विधेयक आजको बैठकमा पुनः पेश हुने कार्यतालिका रहेको बताइएको छ ।

उक्त विधेयकलाई प्रतिनिधि सभाको बैठकबाट यसअघि नै मतदान प्रक्रियाबाट पुनः पारित गरिसकेको छ । संघीय संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारीसमेत सभासमक्ष गराइनेछ ।

राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने पनि तालिकामा जनाइएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा अन्य विभिन्न विधेयकहरू पनि अघि बढाउने तालिका छ ।

बिमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देशलगायतका विषय टेबुल गर्ने कार्यसूची छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/08/RASTRA-SABHA.pdf” title=”RASTRA SABHA”]

टिप्पणीहरू